Kathmandu Press

यातायात व्यवसायीको आन्दोलपछि बालाजु बृत्तका डिएसपी विष्ट जिम्मेवारीमुक्त 

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार डिएसपी बिस्टमाथि यातायात मजदुरले हुलुदङ्गा गरी प्रहरीकै गाडी जलाउँदा समेत स्थिति नियन्त्रणमा लिन नसकेको आरोप लगाइएको छ ।
यातायात व्यवसायीको आन्दोलपछि बालाजु बृत्तका डिएसपी विष्ट जिम्मेवारीमुक्त 

काठमाडौं, फागुन २ : सोमबार गोंगबु क्षेत्रमा भएको झडप, आगजनी र तोडफोडको घटनापछि प्रहरी वृत्त बालाजुका डीएसपी रविन विष्टलाई जिम्मेवारीबाट हटाएर उपत्यका प्रहरी कार्यालयमा फिर्ता बोलाइएको छ । विष्टको ठाउँमा प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरलाई पठाइएको छ। 

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार डिएसपी बिस्टमाथि यातायात मजदुरले हुलुदङ्गा गरी प्रहरीकै गाडी जलाउँदा समेत स्थिति नियन्त्रणमा लिन नसकेको आरोप लगाइएको छ । संभावित घटनाको पूर्व आँकलन गर्न नसक्दा परिस्थिति तनावपूर्ण भएको प्रारम्भिक बुझाई प्रहरीको छ । 

यातायात मजदुरले प्रदर्शनका क्रममा प्रहरीका दुई वटा गाडी समेत जलेका थिए । डीएसपी विष्ट चढ्ने बा.२ झ १४४ नम्बरको स्कोर्पियो (पिकअप) समेत यातायात मजदुरले जलाइदिएका थिए । यस्तै प्रहरी वृत्त बालाजुको बा.१ झ. ७२२४ नम्बरको माज्दा गाडी पनि जलाइएको थियो । 

आन्दोलनमा घुसपैठ भई सोमबार बेलुका नै नयाँ बसपार्कस्थित ल्होत्से भवनका सटर फोडेर करौंडौं मूल्य बराबरका मोवाईल लुटपाट गरिएको थियो । उक्त घटनामा प्रहरीले तदारुकताका साथ शान्ति सुरक्षाको व्यवस्था मिलाउन असफलप्रायः भएको आरोप लागेको छ । 
 

प्रकाशित मिति: १२:३५ बजे, मंगलबार, फागुन २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्