Kathmandu Press

यातायात मजदुरको आन्दोलन स्थगित, उपत्यकामा सार्वजनिक यातायात तत्काल खुल्ने 

मंगलबार  सिंहदरबारमा भौतिक पूर्वाधार तया यातायात मन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितीमा भएको वार्तापछि याताया मजदुरहरु आन्दोलन फिर्ता लिन सहमत भएका हुन् । 
यातायात मजदुरको आन्दोलन स्थगित, उपत्यकामा सार्वजनिक यातायात तत्काल खुल्ने 

काठमाडौं, फागुन २ : यातायात मजदुरहरुले काठमाडौं उपत्यकामा आह्वान गरेको सार्वजनिक यातायात बन्दको कार्यक्रम स्थगित गरेका छन् । 

मंगलबार  सिंहदरबारमा भौतिक पूर्वाधार तया यातायात मन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितीमा भएको वार्तापछि यातायात मजदुरहरु आन्दोलन फिर्ता लिन सहमत भएका हुन् । 

सरकार आफूहरुको मागप्रति सकारात्मक देखिएपछि आन्दोलन स्थगित गर्ने सहमति भएको अखिल नेपाल स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वालाले जानकारी दिए। आन्दोलन फिर्ता लिने सहमति भएसँगै उपत्यकामा तत्काल सार्वजनिक यातायात सञ्चालन हुने उनले बताए । 

वार्तामा  यातायात मजदुरलाई कुटपिट गर्नेहरुमाथि कारबाही गर्ने, ल्होत्से बहुउद्देश्यीय प्रालिले नयाँबसपार्कमा गरेको भनिएको अनियमितता लगायतका विषयमा छानविन गर्ने, बाँकी मुद्दाहरुबारे मन्त्रालयले गठन गरेको सर्वपक्षीय कार्यदलमा छलफल गर्ने र सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने सहमति भएको छ ।

प्रकाशित मिति: १०:४६ बजे, मंगलबार, फागुन २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्