Kathmandu Press

सिंहदरबारमा सरकार र यातायात मजदुरबीच वार्ता जारी 

वार्तामा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ पनि उपस्थित छन् ।
सिंहदरबारमा सरकार र यातायात मजदुरबीच वार्ता जारी 

काठमाडौं, फागुन २ : सरकार र आन्दोलित मजदुरबीच वार्ता जारी छ । ट्राफिक जरिवाना बढाइएको लगायत विभिन्न दस बुँदे मागसहित सोमबारदेखि प्रदर्शनमा उत्रिएको यातायात मजदुरलाई सरकारले वार्ताका लागि आह्वान गरेको थियो ।

दुई पक्षबीच सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात पूर्वाधार मन्त्रालयमा वार्ता जारी छ । वार्तामा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ पनि उपस्थित छन् ।  वार्ता ट्राफिक जरिवाना र आन्दोलन फिर्ता गर्ने विषयमा केन्द्रित भएको छ ।

यसअघि घोषित कार्यक्रमअनुसार यातायात मजदुरले सोमबार बिहानदेखि आन्दोलन सुरु गरेका थिए। बसपार्कभित्रै सभा गर्न खोजेको यातायात मजदुरमाथि  बसपार्कको ठेकेदार कम्पनी ल्होत्से बहुउद्धेश्यीय कम्पनीका कर्मचारीले यातायात मजदुरमाथि हातपात गरेपछि आन्दोलनले उग्र रुप लिएको थियो ।

दिउँसोदेखि उग्र बनेको आन्दोलनमा आन्दोलनकारीहरुले प्रहरीको दुईवटा भ्यानमा आगजनी गरेका थिए । उनीहरुले आजदेखि काठमाडौं उपत्यकाभित्र यातायात नचलाउने घोषणा गरेअनुसार बिहानैदेखि उपत्यकामा सार्वजनिक सवारी साधन ठप्प छन् । 

 

प्रकाशित मिति: १०:१३ बजे, मंगलबार, फागुन २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्