भारतीय विदेश सचिवले भेटे प्रधानमन्त्री र राष्ट्रपति
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज सोमवार भएको भेटमा द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको हो । विदेश सचिव क्वात्रा परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज काठमाण्डौ आइपुगेका हुन् ।
काठमाडौं, फाल्गुन १ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भारतीय विदेश सचिव विनयमोहन क्वात्राले भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज सोमवार भएको भेटमा द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको हो । विदेश सचिव क्वात्रा परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज काठमाण्डौ आइपुगेका हुन् ।
यसअघि उनले आजै परराष्ट्र मन्त्री डा.विमला राई पौड्याल र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।
भण्डारीसँगको भेटमा राष्ट्रपति भण्डारीले नेपाल–भारतबीच प्राचीनकालदेखि नै सामाजिक र सांस्कृतिक सम्बन्ध रही आएको उल्लेख गर्दै द्विपक्षीय सम्बन्धका विविध विषयमा कुरा राखेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
प्रकाशित मिति: १९:४३ बजे, सोमबार, फागुन १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार