Kathmandu Press

बालाजु क्षेत्र तनावग्रस्त बनेपछि सशस्त्र प्रहरी परिचालन 

केहिबेर अगाडि मात्र दुई गाडी सशस्त्र प्रहरी बालाजु क्षेत्रमा परिचालन गरिएको हो । ५ पटक कारबाही भोगेपछि लाइसेन्स निलम्बन गर्न थालिएको लगायत अन्य ट्राफिक नियमको विरोधमा यातायात मजदुर आन्दोलनमा उत्रिएपछि स्थिति नियन्त्रणबाहिर जान लागेको हो । 
बालाजु क्षेत्र तनावग्रस्त बनेपछि सशस्त्र प्रहरी परिचालन 

काठमाडौं, फाल्गुन १ : काठमाडौंको बालाजु माछापोखरी क्षेत्र तनावग्रस्त पछि स्थिति नियन्त्रणबाहिर जान थालेपछि सशस्त्र प्रहरी समेत परिचालन गरिएको छ। 

केहिबेर अगाडि मात्र दुई गाडी सशस्त्र प्रहरी बालाजु क्षेत्रमा परिचालन गरिएको हो । ५ पटक कारबाही भोगेपछि लाइसेन्स निलम्बन गर्न थालिएको लगायत अन्य ट्राफिक नियमको विरोधमा यातायात मजदुर आन्दोलनमा उत्रिएपछि स्थिति नियन्त्रणबाहिर जान लागेको हो । 

उक्त क्रममा प्रहरी र यातायात मजदुरबीच झडप भएको थियो। यातायात मजदुरले प्रहरीका २ वटा गाडीमा आगजनी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । झडपका क्रममा केही प्रहरी र आन्दोलनकारी घाइते भएका बताइएको छ। सो क्षेत्रमा अहिले ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ। 

आन्दोलनका कारण २–३ घण्टादेखि चक्रपथको आवागमन प्रभावित भएको छ। 

प्रकाशित मिति: १९:२६ बजे, सोमबार, फागुन १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्