प्राप्त उपलब्धिको रक्षा गर्दै संघीयतालाई बलियो बनाउनुपर्छ : उपराष्ट्रपति

काठमाडाैं, फागुन १ : उपराष्ट्रपति नन्दबहादुर पुनले बिभिन्न आन्दोलनबाट प्राप्त उपलव्धीहरुलाई रक्षा गर्दै संघीयतालाई बलियो बनाउनुपर्ने बताएका छन् । .
मधेसी सहिद प्रतिष्ठानले सोमबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति पुनले संविधानलाई थप गतिशिल बनाउनका लागि परिमार्जन र संशोधन गर्दै प्राप्त उपलव्धीहरुलाई रक्षा गर्नुपर्ने बताएका हुन् ।
उनले विस्तृत शान्ति प्रक्रियाको बाँकी काम पनि चाडै टुङ्ग्याउनु जरुरी रहेको बताए । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानवीन आयोगमार्फत गर्नुपर्ने काम सम्पन्न नभएको भन्दै उनले आयोग र सरकारको ध्यानाकर्षण गराए।
कार्यक्रममा उपराष्ट्रपति पुनले मधेश प्रदेश सरकारको तर्फबाट विभिन्न आन्दोलनको क्रममा शहादत प्राप्त गरेका ५ सय ४० जना सहिदका परिवारलाई जनही १ लाख नगद हस्तान्तरण गरेका थिए।
प्रकाशित मिति: १८:३४ बजे, सोमबार, फागुन १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











