Kathmandu Press

‘जनयुद्ध दिवस’को विदाबारे सत्ता गठवन्धनकै नेता प्रधानमन्त्रीविरुद्ध खनिए 

‘जनयुद्ध दिवस’को विदाबारे सत्ता गठवन्धनकै नेता प्रधानमन्त्रीविरुद्ध खनिए 

काठमाडौं, फागुन १ : सरकारले माओवादी जनयुद्ध दिवसमा बिदा दिने निर्णय गरेको बिषयमा सत्ता साझेदार दलकै जिम्मेवार नेताहरु चर्को विरोधमा उत्रिएका छन् । सरकारले २८ औं जनयुद्ध दिवसको अवसर भन्दै आइतवार देशैभर सार्वजनिक विदा दिने निर्णय गरेपछि सत्ता सझेदार नेता नै विरोधमा खनिएका हुन् । 

विदाको निर्णयप्रति सत्तारूढ दल एमाले र राप्रपाका नेताहरूले चर्को असन्तुष्ट जनाएका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पहिलोपल्ट यसरी विदा दिने निर्णय लिएको हो । बिदासम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा लैजाने सूचना पाएपछि राप्रपका मन्त्रीहरूले बैठक नै बहिस्कार गरेका थिए ।  एमालेका मन्त्रीहरूले पनि उक्त प्रस्तावप्रति विरोध जनाएका थिए । 

एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत ‘गणतन्त्र दिवसमा बिदा दिएपछि अतिरिक्त बिदा किन गर्नुपरेको हो रु’ भन्दै प्रश्न गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘०४६ पछिका सबैखाले जनसंघर्षको उच्चतम् उपलव्धि हो गणतन्त्रको स्थापना । गणतन्त्र दिवसले ती सबैको यथोचित सम्मान भएको थिएन र रु’

सत्ता साझेदार दल राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र पनि सामाजिक सञ्जालमा आक्रामक रुपमा प्रस्तुत भएका छन् । उनले यसरी लेखेका छन्, ‘निभ्न लागेको बत्ती यसैगरी चम्किन खोज्छ १’मिश्र विदालाई लिएर कटु आलोचनामा उत्रेका छन् । उनले लेखेका छन् – 
– नेपालीले नेपाली मारेकोमा दिवसु मनाउने ?
– ४६ र ६२÷६३ सालको आन्दोलनलाई ‘जनआन्दोलन’  भन्न मिल्छ, जतिबेला लाखौं नेपाली सडकमा निस्किए ।
– ४ र ५ हजार मान्छेले लुकेर मान्छे मार्दा त्यसलाई जनयुद्ध भन्न ? त्यो केवल ‘सशस्त्र’ विद्रोह थियो।
– यो समाजमा यस्ता गलत भाष्यहरू धेरै निर्माण भएका छन् ।
– ठिक छ, यति तल गिर्नै थियो, गिर्दै छौँ। रसातलमा पुग्नै आँटेका छौँ । त्यसपछि यो राष्ट्रघाती ‘विकृत अग्रगमन’ को प्रदूषणकारी बत्ती आफैँ निभ्नेछ ।अब धेरै धैर्य गर्नु नपर्ला !

एमालेका नेता रहेको पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटाले पनि विदालाई लिएर चर्को विरोध गरेका छन् । सरकारलाई व्यङ्ग्य गर्दै बासकोटाले लेखेका छन्, ‘अस्तिसम्म विदा बढी भो भन्थे– प्रम पुष्पकमल दाहाल किन रैछ भनेको त पुर्व देखाएर पश्चिम हान्न रैछ । तैं चुप मैं चुप । मौकामा हिरा फोर्नु बेमौकामा कौडी नछुनु भनेका त्यसै होइन रैछ पुर्खाले ।’

एमालेका अर्का नेता विष्णु रिजालले पनि सरकारको निर्णयलाई लिएर सामाजिक सञ्जालमा कडा प्रहार गरेका छन् । निर्णयको कटु आलोचना गर्दै रिजालले विगत ४७ बर्षयता विश्वका कुनै पनि देशमा कम्युनिस्ट पार्टीले हतियारका बलमा सत्ता प्राप्त गर्न नसकेको बताउँदै नेपालमा ०५२ फागुन १ गते सुरु भएको सशस्त्र संघर्ष अन्ततः शान्तिपूर्ण बाटोमा आउनु सशस्त्र संघर्षको असफलता र विसर्जन होस जनताको बहुदलीय जनवादको बाटो रेहको बताएका छन् । 

रिजालले भनेका छन् , ‘आजको दिनमा माओवादी उग्रवामपन्थी अतिवादको शिकार बन्नुभएका सबै नेपाली दाजुभाइदिदीबहिनीहरूमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । सरकारको काम समाजलाई विभाजित गर्ने होइन, जोड्ने हो । माओवादीको न संसदमा बहुमत छ न सरकारमा । उसलाई ‘जनयुद्ध’ जति प्रिय छ, अरूलाई त्यति नै अप्रिय छ । त्यसैले ११५ ले ८९५ माथि आफ्नो निर्णय लाद्नु कदापि बुद्धिमानी होइन । अरूलाई अक्करमा पारेर माथि हात पारेको ठान्नु आत्मरति मात्र हुन्छ ।’ 

राप्रपाका पूर्वअध्यक्ष कमल थापाले राज्यविरूद्ध हिंसात्मक विद्रोह गरेको दिनको सम्झनामा सरकारले दिएको भन्दै आपत्ति जनाएका छन् । उनले राज्यविरूद्ध हिंसात्मक विद्रोह गरेको दिनको सम्झनामा सरकारले विदा दिएको टिप्पणी गरेका छन् । संविधानविद् डा।भीमार्जुन आचार्यले पनि प्रधानमन्त्रीले कार्यकारी शक्तिको दुरूपयोग गरी स्वेच्छाचारी निर्णय गरेको आरोप लगाएका छन् । 

प्रकाशित मिति: १६:१५ बजे, सोमबार, फागुन १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्