Kathmandu Press

भारतीय विदेश सचिव क्वात्राले राष्ट्रपति, प्रधानमन्त्रीदेखि सबै नेतालाई भेट्ने  

भारतीय विदेश सचिव क्वात्राले राष्ट्रपति, प्रधानमन्त्रीदेखि सबै नेतालाई भेट्ने  

काठमाडौं, फागुन १ : नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले राष्ट्रपति, प्रधानमन्त्रीसहित प्रमुख दलका नेतासँग भेटघाट गर्ने भएका छन् । सोमवार काठमाडौं आएका क्वात्रा भेटघाटमा व्यस्त हुन थालेका छन् । 

विदेश सचिव क्वात्राले काठमाडौं आए लगत्तै नेपालस्थित समकक्षी भरतराज पौड्याललाई होटर याक एन्ड यतीमा भेटेका थिए । परराष्ट्रमन्त्री विमला राई पौड्याललाई भेटेलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेट्ने कार्यक्रम तय भएको छ । आजै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि भेट्ने कार्यक्रम रहेको छ । 

क्वात्राले मंगलबार जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जनमत पार्टीका अध्यक्ष डा.सीके राउतलाई पनि भेट्ने भएका छन् ।

प्रकाशित मिति: १५:२६ बजे, सोमबार, फागुन १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्