Kathmandu Press

रास्वपाका प्रमुख सचेतक भन्छन्– पुरानो सहमति कायम भए तत्काल सरकारमा जान्छौं

रास्वपाका प्रमुख सचेतक भन्छन्– पुरानो सहमति कायम भए तत्काल सरकारमा जान्छौं

काठमाडौं, फागुन १ : राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पुरानो राजनीतिक सहमती कायम भए तत्काल सरकारमा जाने बताएका छन्। 

रफत सञ्चार क्लबले साोमबार भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रमा बोल्दै परियारले सरकार गठनका बेला भएको सहमति कार्यान्वयन भए तत्काल सरकारमा जान बताएका हुन् । 

राष्ट्रपतिमा पनि विगतकै सहमती अनुरुप सत्तागठबन्धनबाटै चयन हुने उनले बताए। उनले विगतका राष्ट्रपतिहरु कुनै न कुनै विवादमा तानिएको बताउँदै अव निष्पक्ष र तटस्थ भूमिका निर्वाह गर्ने सक्ने ब्यक्ति राष्ट्रपति चयन गर्नुपर्ने उल्लेख गरे।

परियारले अहिले मुलुकलाई राजनीतिक अस्थीरतातर्फ लैजाने खेलमा रास्वपा नलाग्ने धारणा राखे । उहाले बैशाख २ गते चितवन क्षेत्र नं दुईमा हुने उपनिर्वाचनमा रास्वपाले आफ्ना पार्टी सभापति रवी लामिछानेलाई नै पुनः उम्मेदवार बनाउने र लामिछानेले भारी मतले बिजय हुने दावी गरे।

उनले आफ्नो पार्टीको वैचारिक लाइन लोकतन्त्र, सामाजिक न्याय र समावेसिता रहेको बताउँदै आगामी महाधिवेशनमा यहि बिषय दस्तावेजमा समेटिने बताए। 
 

प्रकाशित मिति: १४:३१ बजे, सोमबार, फागुन १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्