Kathmandu Press

  उपप्रधानमन्त्रीले उद्घाटन गरे कुरिनटारको जिपलाइन

  उपप्रधानमन्त्रीले उद्घाटन गरे कुरिनटारको जिपलाइन

काठमाडौं, फागुन १ : उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले कुरिनटारस्थित रिभर फन रिसोर्टमा रहेको जीपलाइन उद्घाटन गरेका छन्। 

हिजो साँझ त्यहाँ पुग्नुभएका उहाँले आज विहान साढे १० बजे जीपलाइन उद्घाटन गर्दै अनुभव पनि लिएको कम्पनीका प्रबन्ध निर्देशक शङ्कर  अधिकारीले जानकारी दिए। जीपलाइनको अनुभव लिँदै उनले भने, ‘जीपलाइन गर्न पाउँदा नयाँ र अनौठो अनुभव भइरहेको छ।’
    
करिब तीन करोड लगानीमा निर्माण भएको रिसोर्टमा एड्भेञ्चर टुरिजम अन्तर्गत जीपलाइनका साथै रोप साइकलिङ, वाल क्लाइमिङ, र्‍याफ्टिङ, स्पिड बोटिङलगायतको सुविधा छ।

प्रकाशित मिति: १३:१९ बजे, सोमबार, फागुन १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्