Kathmandu Press

‘हाम्रो बाजा : हाम्रै धुन’ सांगीतिक कार्यक्रम हुने

काठमाडौं, पुस २४ : नेपालका मौलिक बाजाको संरक्षण गर्न नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले ‘हाम्रो बाजा : हाम्रै धुन’ सांगीतिक क....

‘हाम्रो बाजा : हाम्रै धुन’ सांगीतिक कार्यक्रम हुने

काठमाडौं, पुस २४ : नेपालका मौलिक बाजाको संरक्षण गर्न नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले ‘हाम्रो बाजा : हाम्रै धुन’ सांगीतिक कार्यक्रम गर्ने भएको छ। 

प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन) ले नेपालका बाजाहरु अन्य मुलुकले आफ्नो भन्न थाल्नु दुःखद भएकाले मौलिक बाजाहरुको संरक्षण गर्न सांगीतिक कार्यक्रम गर्न लागिएको बताए।

Hardik ivf

‘मौलिक बाजा मुर्चङ्गा नेपालीको हो। तर नेदरल्याण्डले हाम्रो भनिरहेको छ,’ उनले भने। उनका अनुसार नेपालको सनाई भारतका संगीतकारले आफ्नो भनेर दाबी गर्न थालेको पनि बताए।

पुस २७ गते नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा हुने सांगीतिक कार्यक्रममा विभिन्न कलाकारहरुले सारङ्गी, बाँसुरी, सनाई, ताल–वादन, कोरस, टुङ्ना, मुर्चुङ्गा, पात, चरीबा, शंख, डमरु, डम्फु, घण्टी लगायत बाजाको धुन प्रस्तुत गर्नेछन्। 

आयोजकले राष्ट्रिय स्तरमा हुन लागेको सारङ्गीको धुनको प्रस्तुति भने नेपालमै पहिलो पटक भएको बताएको छ।  साथै भ्रमण वर्षको सुरुवातसँगै विदेशी पर्यटकहरुलाई नेपाली बाजामा भएको पृथक धुन सुनाउने उद्देश्य पनि आयोजकको छ।
 

प्रकाशित मिति: १८:३९ बजे, बिहीबार, पुस २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्