Kathmandu Press

३ लाख ४५ हजार डोज बाइभ्यालेन्ट खोप काठमाडौं आइपुग्यो 

३ लाख ४५ हजार डोज बाइभ्यालेन्ट खोप काठमाडौं आइपुग्यो 

काठमाडौं, फागुन १ : फाइजरको नयाँ खोप बाइभ्यालेन्टको तीन लाख ४५ हजार डोज खोप नेपाल भित्रिएको छ। स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासीयाले सोमबार बिहान ९ बजे ती खोप भित्रिएको बताएका हुन् । 
    
उनले गाभीमार्फत प्राप्त उक्त खोेपलाई टेकुस्थित विभागमा भण्डारणमा राखिने जानकारी दिए। नेपालमा पहिलोपटक भित्रिएको बाइभ्यालेन्ट खोप बुस्टर डोजका रुपमा प्रयोग गरिन्छ । ओमिक्रोनको  सबभेरिएन्टविरुद्ध यो खोप प्रभावकारी मानिएको छ । 

कोभ्याक्स सुविधाअन्तर्गत बाइभ्यालेन्ट खोपको जम्मा १५ लाख मात्रा चार चरणमा उपलब्ध गराइने र  सोहीअनुसार आज  तीन लाख ४५ हजार मात्रा खोप आइपुगेकोे हो ।  

प्रकाशित मिति: ११:४० बजे, सोमबार, फागुन १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्