चितवन–२ मा उम्मेदवार तय गर्न रास्वपाको संसदीय दल र केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं, फागुन १ : राष्ट्रिय स्वतन्त्त पार्टी (रास्वपा) को संसदीय दल र केन्द्रीय समितिको बैठक आज बस्दैछ ।
बसुन्धारास्थित पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा दिउँसो तीन बजे बैठक बस्ने रास्वपाका प्रवक्ता तथा महामन्त्री मुकुल ढकालले जानकारी दिए ।
बैठकले चितवन–२ को उपनिर्वाचनका लागि पार्टीबाट कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा छलफल गर्ने बताइएको छ ।
यसअघि सो निर्वाचन क्षेत्रबाट रास्वपाका सभापति रहेका रवि लामिछाने निर्वाचित भएका थिए । तर, नागरिकता विवादमा सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदिएको थियो ।
सर्वोच्चको आदेशसँगै लामिछानेले प्रक्रिया पूरा गरी पुनः नागरिकता कायम गरिसकेका छन् । उनले पुनः सोही क्षेत्रबाट चुनवा लड्ने घोषणा गरिसकेको भएपनि पार्टीले औपचारिक रुपमा निर्णय गर्न बैठक बोलाइएको हो ।
चितवन–२ मा वैशाख १० गते उपनिर्वाचन गर्ने गरी निर्वाचन आयोगले मिति घोषणा गरिसकेको छन। केको छ ।











