Kathmandu Press

सरकार ढाल्ने षड्यन्त्र भइरहेको छ : ओली

आइतबार झापाको गौरादह ४ स्थित डोरामारी माविको नवनिर्मित भवनको उद्घटन गर्दै अध्यक्ष ओलीले एमाले फेरि सरकारमा आएको र त्यही सरकारलाई ढाल्ने अनेक प्रकारका षडयन्त्र भइरहेको बताएका हुन्।
सरकार ढाल्ने षड्यन्त्र भइरहेको छ : ओली

झापा, माघ २९ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिले सरकार ढाल्ने षड्यन्त्र भइरहेको बताएका छन्।

आइतबार झापाको गौरादह ४ स्थित डोरामारी माविको नवनिर्मित भवनको उद्घटन गर्दै अध्यक्ष ओलीले एमाले फेरि सरकारमा आएको र त्यही सरकारलाई ढाल्ने अनेक प्रकारका षडयन्त्र भइरहेको बताएका हुन्।

देशमा काम गर्न नदिने र अरुलाई पनि गर्न नदिने तत्वहरु सक्रिय रहेको उनले बताए । ओलीले देशलाई माया गर्ने, देशका समस्या समाधान गर्ने शक्तिहरू पनि रहेकाले निराश हुनुपर्ने अवस्था नरहेको धारणा राखे।

उनले एमाले सदैव विकासको पक्षमा रहेको र एमाले सरकारकै पालमा विकासका धेरै कामहरु भएको बताए।

प्रकाशित मिति: २०:१८ बजे, आइतबार, माघ २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्