Kathmandu Press

रक्षामन्त्री उप्रेती भारत प्रस्थान

भारत भ्रमणका क्रममा रक्षामन्त्री उप्रेतीले बैंगलेर कर्नाटकामा हुने ‘एरो इन्डिया–२०२३’ र स्पिड–डिफेन्स मिनिस्टर्स कन्क्लेभ, २०२३’को १४औं संस्करणमा सहभागी हुने छन्।
रक्षामन्त्री उप्रेती भारत प्रस्थान

काठमाडौं, माघ २९ : रक्षामन्त्री हरिप्रसाद उप्रेती मित्रराष्ट्र भारत सरकारको निमन्त्रणामा पाँच दिने भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन्।

भारत भ्रमणका क्रममा रक्षामन्त्री उप्रेतीले बैंगलेर कर्नाटकामा हुने ‘एरो इन्डिया–२०२३’ र स्पिड–डिफेन्स मिनिस्टर्स कन्क्लेभ, २०२३’को १४औं संस्करणमा सहभागी हुने छन्।

मन्त्री उप्रेतीका साथ नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणा र मन्त्रालयका सहसचिव बाबुराम अधिकारी पनि भारत प्रस्थान गरेका छन्।

प्रकाशित मिति: १९:२३ बजे, आइतबार, माघ २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्