Kathmandu Press

पररष्ट्रमन्त्रीसँग नर्वेली राजदूतको भेटवार्ता

मन्त्रालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्धका विविध विषयमा छलफल भएको बताइएको छ।
पररष्ट्रमन्त्रीसँग नर्वेली राजदूतको भेटवार्ता

काठमाडौं, माघ २९ : परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग नेपालका लागि नर्वेका राजदूत तोरुन ड्रमडालले शिष्टाचार भेट गरेका छन्।

मन्त्रालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्धका विविध विषयमा छलफल भएको बताइएको छ।

भेटमा मन्त्री पौड्यालले नेपालको शिक्षा, स्वास्थ्य, लैङ्गिक सहभागितालगायतका क्षेत्रमा गर्दै आएको सहयोगका लागि नर्वेली सरकारलाई धन्यवाद दिइन्।

सो अवसरमा राजदूत ड्रमडालले आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई थप विस्तार गर्दै विकासका विविध पक्षमा सहयोग बढाउने प्रतिबद्धता जनाइन्।

यस्तै, परराष्ट्रमन्त्री पौड्यालसँग नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत जो योङ म्यानले पनि भेट गरेका छन्। भेटमा परराष्ट्रमन्त्री पौड्यालले विश्व शान्ति नै नेपाल र नेपालीको चिनारी भएकाले नेपाल सदैव कुनै पनि प्रकारको द्वन्द्वको शान्तिपूर्ण समाधानको पक्षमा उभिने बताइन् ।

भेटमा राजदूत म्यानले आफ्नो मुलुक शान्तिपूर्ण स्थायित्वको पक्षमा रहेको बताए ।

प्रकाशित मिति: १९:१७ बजे, आइतबार, माघ २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्