Kathmandu Press

प्रधानमन्त्रीले सुक्खा बन्दरगाहसहित तीन योजना अनुगमन गर्ने

सोमबार कञ्चनपुर भ्रमणाका क्रममा प्रधानमन्त्री दाहालले सुक्खा बन्दरगाह, महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल र महाकाली करिडोरको अनुगमन गर्ने कार्यक्रम छ।
प्रधानमन्त्रीले सुक्खा बन्दरगाहसहित तीन योजना अनुगमन गर्ने

काठमाडौं, माघ २९ : प्रधामन्त्री पुष्पकमल दाहालले कञ्चनपुरका प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दगाहदेखि निर्माणाधीन महाकाली करिडोरसम्मको सोमबार स्थलगत अनुगमन गर्ने भएका छन्।

सोमबार कञ्चनपुर भ्रमणाका क्रममा प्रधानमन्त्री दाहालले सुक्खा बन्दरगाह, महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल र महाकाली करिडोरको अनुगमन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री दाहालले निर्माणाधीन योजनाको अनुगमनका साथै दिउँसो महेन्द्रनगरमा आयोजित महोत्सव उद्घाटन गर्ने कार्यक्रम छ रहेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिए। उनका अनुसार प्रधानमन्त्री दहालले भोलि नै जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा पनि सम्बोधन गर्ने छन्।

सोमबार दिउँसो प्रधानमन्त्री दाहालले १४औँ सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटनसमेत गर्ने कार्यक्रम छ।

प्रकाशित मिति: १८:४७ बजे, आइतबार, माघ २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्