Kathmandu Press

यस्तो छ आर्थिक वर्ष २०७९/०८० को बजेटको अर्धवार्षिक समीक्षा (पूर्णपाठ) 

सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ ।  
यस्तो छ आर्थिक वर्ष २०७९/०८० को बजेटको अर्धवार्षिक समीक्षा (पूर्णपाठ) 

काठमाडौं, माघ २९ : सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ ।  

आइतबार प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री विष्णु पौडेलले बजेटको अर्धवार्षिक समीक्षा प्रस्तुत गर्ने क्रममा चालु आर्थिक वर्षको बजेटको आकार १५ खर्ब ४९ अर्ब ९९ करोडमा झर्ने अनुमान गरेका हुन् । यसअघिका अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए। 

बजेट खर्चमा चालुतर्फ ११ खर्ब ८३ अर्ब २३ करोड खर्च हुने सुरुको अनुमान रहेकोमा पौडेलले संशोधित अनुमान १० खर्ब २१ अर्ब ९२ करोड कायम गरेका छन्। सुरुको बजेटको तुलनामा यो रकम ८६.३ प्रतिशत हो ।

त्यस्तै पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड खर्च गर्ने सुरुको बजेट अनुमान रहेकोमा संशोधन गरी ३ खर्ब १३ अर्ब ८५ करोड हुने अनुमान गरिएको छ । वित्तीय व्यवस्थापनतर्फ सुरुमा २ खर्ब ३० अर्ब २१ करोड बजेट विनियोजन गरेकोमा संशोधनमार्फत २ खर्ब १४ अर्ब २१ करोड हुने अनुमान गरिएको छ ।

त्यस्तै राजस्वतर्फ कुल संकलन लक्ष्य सुरु बजेटमा १४ खर्ब ३ अर्ब १४ करोड लक्ष्य लिइएकोमा संशोधन गरी १२ खर्ब ४४ अर्ब ७५ करोड कायम गरिएको छ । वैदेशिक अनुदानबाट ५५ अर्ब ४५ करोड रुपैयाँ लिने लक्ष्य रहेकोमा ३८ अर्ब ४५ करोड लिने संशोधित अनुमान छ ।

वैदेशिक ऋणबाट २ खर्ब ४२ अर्ब २६ करोड जुटाउने लक्ष्य रहेकोमा १ खर्ब ७० अर्ब ५३ करोड मात्रै जुटाउने संशोधित अनुमान छ । आन्तरिक ऋणबाट २ खर्ब ५६ अर्ब जुटाउने सुरुको लक्ष्य रहेकोमा संशोधन गरी २ खर्ब ४० अर्ब मात्रै परिचालन गर्ने लक्ष्य राखिएको छ ।

यस्तो बजेटको अर्धवार्षिक समीक्षाको पूर्णपाठ 

प्रकाशित मिति: १७:१८ बजे, आइतबार, माघ २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्