Kathmandu Press

मन्त्री बाँस्कोटाले भने- सूचना प्रविधि विधेयकमा लोकतन्त्रलाई असर पर्ने कुनै विषय भए देखाइदिनुस्

काठमाडौं, पुस २४ : सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सूचना प्रविधिसम्बन्धी विधेयकले लोकतन्त्रलाई कुनै खतरा ....

मन्त्री बाँस्कोटाले भने- सूचना प्रविधि विधेयकमा लोकतन्त्रलाई असर पर्ने कुनै विषय भए देखाइदिनुस्
फाइल

काठमाडौं, पुस २४ : सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सूचना प्रविधिसम्बन्धी विधेयकले लोकतन्त्रलाई कुनै खतरा उत्पन्न नगर्ने स्पष्ट पारेका छन्। 

अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउने गरी सूचना प्रविधि विधेयक संसदबाट पास गर्न खोजिएको भन्दै सरकारको चर्को आलोचना भइरहेका बेला बिहीबार सरकारका प्रवक्ता बाँस्कोटाले सूचना प्रविधि विधेयकले लोकतन्त्रलाई कतै खतरामा नपार्ने स्पष्ट पारेका हुन्। उनले लोकतन्त्र ओठेभक्तिको विषय नभएको पनि बताए। 

‘यो विधेयकले लोकतन्त्रलाई कुनै खतरा उत्पन्न गर्दैन भन्नेमा हामी स्पष्ट छौँ। लोकतन्त्र ओठेभक्तिको विषय होइन,’ मन्त्री बाँस्कोटाले भने,‘यो व्यवहार र प्रणालीमा लागू गर्ने विषय हो’

उनले तथ्यका आधारमा बहस भएर सत्य स्थापित भएमा त्यसलाई स्वीकार्न कसैलाई गाह्रो नपर्ने बताए।

संसदमा विचाराधीन सूचना प्रविधिसम्बन्धी विधेयकले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने त होइने भन्ने प्रश्नमा मन्त्री बाँस्कोटाले डिजिटल नेपालको अवधारणा कार्यान्वयनका क्रममा आर्थिक सुरक्षा, डिजिटल भुक्तानी, हस्ताक्षर र गोपनीयताको सुरक्षाका लागि विधेयक संसदमा लगिएको जानकारी दिए। 

उनले सरकारले संसद्लाई दिएको बिजिनेस भएकाले त्यसलाई समृद्ध बनाउने काम सरकारको भएको बताए। उनले त्यसका लागि पर्याप्त बहस हुँदा रामै्र हुने पनि स्पष्ट पारे। बाँस्कोटाले सूचना प्रविधि विधेयकबाट लोकतन्त्रलाई असर पर्ने कुनै विषय भए देखाइदिन पनि आग्रह गरे। 
 

प्रकाशित मिति: १७:२३ बजे, बिहीबार, पुस २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्