काठमाडौं, पुस २४ :  सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग गठनमा प्रमुख प्रतिपक्षको पनि सहमति...." />काठमाडौं, पुस २४ :  सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग गठनमा प्रमुख प्रतिपक्षको पनि सहमति...." />काठमाडौं, पुस २४ :  सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग गठनमा प्रमुख प्रतिपक्षको पनि सहमति....">
Kathmandu Press

सरकारका प्रवक्ता भन्छन्– सत्य निरुपण तथा मेलमिलाप आयोग छिट्टै गठन हुन्छ

काठमाडौं, पुस २४ :  सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग गठनमा प्रमुख प्रतिपक्षको पनि सहमति....

सरकारका प्रवक्ता भन्छन्– सत्य निरुपण तथा मेलमिलाप आयोग छिट्टै गठन हुन्छ
फाइल

काठमाडौं, पुस २४ :  सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग गठनमा प्रमुख प्रतिपक्षको पनि सहमति जुटाउन पहल गरिरहेको बताएको छ। 

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले द्वन्द्वकालमा भएका गम्भीर प्रकृतिका घटनाको छानबिन र मेलमिलापका लागि न्यायिक निरुपण गरी दिगो शान्ति स्थापनाको दिशामा मुलुकलाई अगाडि बढाउन सरकारले पहल गरिरहेको जानकारी दिएका हुन्।

प्रवक्ता बाँस्कोटाले समझदारीका आधारमा आयोग गठन गर्न खोजिएकाले समय लागेको बताए। ‘दिगो शान्तितर्फ मुलुकलाई बदलेर भावी पुस्तामा  हस्तान्तरण गर्ने हाम्रो दायित्व हो। यसमा गम्भीर प्रकृतिका अपराधमा संलग्नलाई उन्मुक्ति दिने हो होइन भन्ने विषय पनि जोडिएको छ। हिजो हामी कोही द्वन्द्वमा थियौँ कोही थिएनौँ तर अब दिगो शान्ति स्थापना गर्नु हामी सबैको दायित्व हो,’उनले भने। 

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदावधि गत चैत मसान्तमा सकिएको थियो। 
 

प्रकाशित मिति: १७:०८ बजे, बिहीबार, पुस २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्