गोकुल बाँस्कोटाको प्रश्न– राष्ट्रपति रामवरण हुँदा र अहिले के फरक छ ?

काठमाडौं, माघ २९ : नेकपा एमालेका नेता गोकुलप्रसाद बाँस्कोटाले स्वास्थ्य क्षेत्र कुनै खास विचारको पक्षधर संस्था वा व्यक्तिकोविरुद्ध प्रयोग हुने त्यो क्षेत्रकै गरिमामाथिको व्यंग्य रहेको बताएका छन् ।
चिकित्सकहरुको आन्दोलनका बारेमा सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै उनले लेखेका छन्, ‘विचारको पक्षधर संस्था वा ब्यक्तिका विरुद्द मात्र प्रयोग गरिरहने अरु वेला वेपत्ता भईरहने गिरोहको नियन्त्रणमा हुनु त्यो क्षेत्रकै गरीमामाथिको ब्यंग हो।’
उनले सवारीमा कसैले गल्ती गरेको भए सरकारले सच्याउने विषय रहेको पनि उल्लेख गरेका छन् । ‘राष्ट्रपति रामवरण हुंदा र अहिले के फरक छ ?’ उनले प्रश्न गरेका छन् ।
प्रकाशित मिति: १४:२२ बजे, आइतबार, माघ २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











