Kathmandu Press

विद्युत प्राधिकरण परिसरमा मिटररिडिङ मजदुरको धर्ना 

विद्युत प्राधिकरण परिसरमा मिटररिडिङ मजदुरको धर्ना 

काठमाडौं, माघ २९ : नेपाल विद्युत प्राधिकरण अन्तर्गत गोटा गन्तिमा काम गर्दै आएका मिटररिडर मजदूरहरुले ज्यालादारी नियुत्तीपत्र उपलव्ध गराउनुपर्ने भन्दै केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् । 

समान श्रममा आधारित ज्याला पद्धतीको विकास गर्नुपर्ने र ज्यालादारी नियुक्ती पत्र उपलव्ध गराउनुपर्ने भन्दै गोटागन्ती मिटर रिडर संघर्ष समितिले काठमाडौको रत्नपार्कस्थीत केन्द्रीय कार्यालयमा धर्ना दिएाक हुन् । 

प्राधिकरणले गोटा गन्तिका मजदुरहरुलाई ज्यालादारीमा कायम नगरेको र प्राधिकरणको सेवा सुविधाबाट बञ्चित गरेको उनिहरुको आरोप छ । उनिहरुले लामो समयदेखिनै मिटररिडरको काम गर्दै आएको भए पनि कुनै सेवा नपाएको गुनासो गरेका छन् ।

उनीहरुले गोटा नियुक्ती र वर्खास्त प्रक्रिया बन्द गर्नुपर्ने,  सार्वजनिक विदा बाहेक बर्षमा १२ दिनसम्म भइपरि आउने विदा र ६० दिन सुत्केरी विदा दिनुपर्ने मागपनि राखेका छन् । 

प्रकाशित मिति: १४:०९ बजे, आइतबार, माघ २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्