Kathmandu Press

गेटालाई सहिद दशरथचन्द विश्वविद्यालयका रुपमा विकास गर्ने प्रधानमन्त्रीको आश्वासन 

गेटालाई सहिद दशरथचन्द विश्वविद्यालयका रुपमा विकास गर्ने प्रधानमन्त्रीको आश्वासन 
तस्बिर : प्रधानमन्त्रीकाे सचिवालय

काठमाडौं, माघ २९ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटा मेडिकल कलेजलाई सहिद दशरथचन्द राष्ट्रिय विश्वविद्यालयका रुपमा विकास गर्ने आश्वासन दिएका छन् । 

आइतबार मध्याह्न प्रधानमन्त्री निवास बालुवाटारमा सुदूरपश्चिम क्षेत्रमा पूर्व तथा बहालवाला जनप्रतिनिधि, विषय विशेष तथा नेपाल सरकारका मुख्यसचिव, शिक्षा तथा स्वास्थ्यसचिवसँग छलफलको क्रममा प्रधानमन्त्री प्रचण्डले गेटालाई विश्वविद्यालयका रुपमा विकास गर्ने गरी सरकारले चाँडै नै निर्णय गर्ने आश्वासन दिएका हुन् । 

‘यो सुदूरपश्चिम र सिंगो नेपालकै लागि निकै ठूलो गर्व र खुशीको कुरा हो,’ छलफलमा प्रधानमन्त्रीले भने,‘नेपालमा आजसम्म पनि स्वास्थ्यविज्ञान विश्वविद्यालय नभएको अवस्थामा यो विश्वविद्यालयले दक्ष चिकित्सक, विशेषज्ञ चिकित्सा सेवा र विशिष्टिकृत चिकित्सकीय र जनस्वास्थ्यसँग सम्बन्धित अनुसन्धानको कमी पुरा गर्ने सबैले विश्वास लिएका छौं।’

यससम्बन्धी थप घोषणा प्रधानमन्त्री प्रचण्डले भोली सुदूरपश्चिमको कैलाली र कञ्चनपुर भ्रमणका अवसरमा गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

प्रकाशित मिति: १३:२५ बजे, आइतबार, माघ २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्