Kathmandu Press

सहकारीले वैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्छ : मन्त्री अर्याल

ललितपुर, पुस २४  :  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सहकारी अभियानले वैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्ने बत....

सहकारीले वैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्छ : मन्त्री अर्याल

ललितपुर, पुस २४  :  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सहकारी अभियानले वैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्ने बताएकी छिन्।

राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको २७ औं वार्षिक साधारणसभालाई बिहीबार ललितपुरमा सम्बोधन गर्दै उनले सहकारी अब विकासको दिशातर्फ जानुपर्ने बताइन्। 

राज्यले सहकारीलाई तीन खम्बे अर्थ नीति अन्तर्गत समेटेको भन्दै उनले एक सहकारी एक रोजगारी अनिवार्य रुपमा लागु गरेर जानुपर्ने बताइन्। सहकारी अभियानले सहकारीलाई रोजगारीको थलो बनाउनुपर्ने भन्दै मन्त्री अर्यालले त्यसको एकमात्र बाटो भनेको उद्मशिलता भएको बताइन्।

'सहकारी रोजगारीको थलो बनाउने अभियानमा लाग्नुपर्छ। वैदेशिक रोजगारीलाई विस्थापित गर्नेगरी सहकारी अभियान लाग्नुपर्छ। त्यसका निम्ती उद्मशलता र व्यवसायिकता हो', मन्त्री अर्यालले भनिन्। 

सहकारीसँग पूँजी र जनशक्ति दुवै भएकाले उद्मशिलतामा जान सम्भव हुने उनको भनाइ थियो। त्यसबाट रोजगारी सिर्जना गरेर वैदेशिक रोजगारीमा जाने ठूलो संख्यालाई स्वदेशमै रोक्न सकिने उनको भनाइ छ।

राज्यले सन् २०३० सम्ममा गरिबी शून्यमा झार्ने लक्ष्य लिएको उल्लेख गर्दै उनले अहिले रहेको १८ प्रतिशत गरिबीको संख्या न्यूनीकरण गर्नका निम्ती पनि सहकारीले भूमिका खेल्नुपर्ने बताइन्।
 

प्रकाशित मिति: १६:२८ बजे, बिहीबार, पुस २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्