उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी
बैठकमा रास्वपा सरकारबाट बाहिरिएपछिको राजनीतिक अवस्था, आसन्न राष्ट्रपति निर्वाचनको उम्मेदवार लगायतका विषयमा छलफल भइरहेको छ।
काठमाडौं, माघ २९ : सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान सुरु भएको बैठकमा छलफल जारी रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी दिएको छ ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् ।
बैठकमा रास्वपा सरकारबाट बाहिरिएपछिको राजनीतिक अवस्था, आसन्न राष्ट्रपति निर्वाचनको उम्मेदवार लगायतका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: १०:२१ बजे, आइतबार, माघ २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार










