Kathmandu Press

पश्चिम एशियामा उत्पन्न द्वन्द्वको समाधान खोज्न नेपालको आह्वान 

काठमाडौं, पुस २४ : सरकारले पश्चिम एशियामा उत्पन्न भएको द्वन्द्व र मतभिन्नताको समाधान शान्तिपूर्ण माध्यमबाट खोज्नु पर्नेमा जोड दिएको छ। 

....
पश्चिम एशियामा उत्पन्न द्वन्द्वको समाधान खोज्न नेपालको आह्वान 

काठमाडौं, पुस २४ : सरकारले पश्चिम एशियामा उत्पन्न भएको द्वन्द्व र मतभिन्नताको समाधान शान्तिपूर्ण माध्यमबाट खोज्नु पर्नेमा जोड दिएको छ। 

परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी पश्चिम एशियाको शान्ति र स्थायित्वलाई जोखिममा पार्ने गरी तनाव बढेको भन्दै चिन्ता व्यक्त गरेको हो। सम्बद्ध सबै पक्षलाई संयमता अपनाउन पनि आह्वान परराष्ट्र मन्त्रालयले गरेको छ। 

सरकारले सबैखाले द्वन्द्व र मतभिन्नताको समाधान शान्तिपूर्ण माध्यमबाट खोजिनुपर्ने नेपालको मान्यता दोहो¥याएको छ। पश्चिम एशिया क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमलाई नजिकबाट नियालिरहेको र त्यसप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। 

सरकारले इरानमा रहेका आप्रवासी कामदारको सुरक्षा नेपालको अति महत्वको विषय भएको पनि विज्ञप्तिमा उल्लेख गरेको छ। अमेरिकी कारबाहीको प्रतिकार गर्दै इरानले इराकमा तैनाथ अमेरिकी सेनाका विभिन्न वेशहरुमा मिसाइल आक्रमण भएको थियो।

    

प्रकाशित मिति: १६:१९ बजे, बिहीबार, पुस २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्