टर्की भूकम्प : २८ हजार भन्दा बढीकाे मृत्यु, हजारैं घाइते
उद्धारकर्मीहरूका अनुसार टर्कीएमा २४ हजार छ सय ८५ जना तथा सिरियामा तीन हजार पाँच सय जनाले ज्यान गुमाएका छन् ।काठमाडाैं, माघ २९ : टर्की र सिरियामा गत सोमबार भएको भूकम्पमा परी हालसम्म २डड हजार एक सय ६५ जनाको मृत्यु भएको छ । भूकम्पमा परी हजारौँ घाइते भएका छन् ।
उद्धारकर्मीहरूका अनुसार टर्कीएमा २४ हजार छ सय ८५ जना तथा सिरियामा तीन हजार पाँच सय जनाले ज्यान गुमाएका छन् । मानवीय सहायता परिचालनमा समन्वय गरिरहेका संयुक्त राष्ट्रसङ्घका अधिकारीले करिब ५३ लाख सिरियाली घरबारविहीन भएका अनुमान गरेको छ ।
भूकम्पले भत्काएको भवनको भग्नावशेषबाट शुक्रबार एक सय पाँच घण्टापछि उद्धार गरिएकी एक महिलाको आज मृत्यु भएको छ ।
भूकम्प गएको एकसय २९ घण्टापछि एकै परिवारका पाँच सदस्यको जीवितै उद्धार गरिएको छ ।
कठ्याङ्ग्रिने चिसोमा पनि आश मारेका मानिसलाई सकुशल भेट्दा आफन्त भावविभोर भएका छन् । आज नौ जनालाई जीवितै उद्धार गरिएको छ ।
प्रकाशित मिति: ०८:१८ बजे, आइतबार, माघ २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रवि लामिछानेलाई काठमाडौं ल्याउँदा त्रिभुवन विमानस्थलमा जे देखियो [फोटो फिचर]बिहीबार, मंसिर १३, २०८१
रसुवामा आगलागी हुँदा तीन घर जलेर नष्टबिहीबार, मंसिर १३, २०८१
रवि लामिछानेलाई ल्याइयो काठमाडौंबिहीबार, मंसिर १३, २०८१
प्रचण्डजीहरूले काम न काज हतियार उठाउँदा नेपालको दस वर्ष खेर गयो: गगन थापाबिहीबार, मंसिर १३, २०८१