Kathmandu Press

समीक्षा बाँस्कोटा बनिन् विवेकशील साझाको अध्यक्ष

शुक्रबार र शनिबार चलेको महाधिवेशनले बाँस्कोटालाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो।
समीक्षा बाँस्कोटा बनिन् विवेकशील साझाको अध्यक्ष

काठमाडाैं, माघ २८ : समीक्षा बाँस्कोटा विवेकशील साझा पार्टीको अध्यक्ष बनेकी छिन्।

शुक्रबार र शनिबार चलेको महाधिवेशनले बाँस्कोटालाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो। त्यस्तै तीन उपाध्यक्षमा प्रकाशचन्द्र परियार, मिलन पाण्डे र विमला अधिकारी चयन भएका छन्।

महाधिवेशनले रञ्जु दर्शनालाई महासचिव बनाउँदा सचिवमा पवित्रा थापा, विमल तामाङ र समुन्द्र केसी चयन भएका छन्। यस्तै, कोषाध्यक्षमा दामोदर नेपाल बनेका छन्।

विवेकशील साझा पार्टीमा ५१ सदस्यीय केन्द्रीय कार्यसमिति रहने व्यवस्था छ।

प्रकाशित मिति: २०:२५ बजे, शनिबार, माघ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्