Kathmandu Press

जनताका समस्या समाधान गर्न सरकारले विशेष कार्यक्रम ल्याउँछ : सञ्चारमन्त्री शर्मा

राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति जुटाउनेतर्फ सरकारले ध्यान दिएकोसमेत बताइन्। वर्तमान सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई समावेश गर्ने विषयमा पनि छलफल अघि बढेको मन्त्री शर्माले जानकारी दिइन्।
जनताका समस्या समाधान गर्न सरकारले विशेष कार्यक्रम ल्याउँछ : सञ्चारमन्त्री शर्मा

दाङ, माघ २८ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनताले भोग्दै आएका समस्या समाधान गर्न सरकारले विशेष कार्यक्रम घोषणा गर्ने तयारी गरेको बताएकी छिन्।

दाङको भालुवाङमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री शर्माले आगामी वर्षको बजेटमा जनतालाई परिवर्तनको अनुभूति हुनेगरी विशेष प्राथमिकताका कार्यक्रम समावेश गर्नेगरी काम भइरहेको जानकारी दिइन्।

उनले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति जुटाउनेतर्फ सरकारले ध्यान दिएकोसमेत बताइन्। वर्तमान सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई समावेश गर्ने विषयमा पनि छलफल अघि बढेको मन्त्री शर्माले जानकारी दिइन्।

मन्त्री शर्माले सूचना प्रविधिसँग जोडिएका नयाँ ऐन निर्माण र कार्यान्वयनमा सरकारले ध्यान दिइएको बताउँदै पुराना ऐन कानुनबाट चल्नुपर्ने बाध्यता रहेकाले त्यस्ता ऐन तथा कानुन विस्थापन र नयाँ ऐन कानुन निर्माण गरेर अघि बढ्ने जिम्मेवारी रहेको बताइन्।

प्रकाशित मिति: १९:५९ बजे, शनिबार, माघ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्