‘राजद्रोही राजनेता’ वृत्तचित्र प्रदर्शन
सुशील कोइराला मेमोरियल फाउण्डेशनको आयोजनामा काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको हलमा निःशुल्क ‘राजद्रोही राजनेता’ वृत्तचित्र प्रदर्शन गरिएको हो।
काठमाडाैं, माघ २८ : पूर्वप्रधानमन्त्री सुशील कोइरालाको सातौँ स्मृति दिवसका अवसरमा काठमाडौंमा ‘राजद्रोही राजनेता’ वृत्तचित्र प्रदर्शन गरिएको छ।
सुशील कोइराला मेमोरियल फाउण्डेशनको आयोजनामा काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको हलमा निःशुल्क ‘राजद्रोही राजनेता’ वृत्तचित्र प्रदर्शन गरिएको हो।
वृत्तचित्र हेर्नका लागि पूर्वराष्ट्रपति डा रामवरण यादव, कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल लगातका नेताहरु पर्यटन बोर्ड पुगेका थिए।
कांग्रेसको संस्थापकसमेत रहेका बिपी आफू माथिका आठ वटा राजद्रोह सम्बन्धी मुद्दाको समेत पर्वाह नगरी विसं २०३३ पुस १६ गते स्वदेश फर्किएको र जनमत संग्रह घोषणा भएको बिषयलाई वृत्तचित्रमा देखाइएको छ।
‘राजद्रोही राजनेता’ वृत्तचित्रका निर्देशक जगत नेपालले मुलुकको सार्वभौमिकता जोगाउन बिपी उठाउनुभएको जोखिमलाई वृत्तचित्रको माध्यमबाट देखाइएको र यसको सन्देश लिएर मुलुकलाई अघि बढाउन दलहरु लाग्ने विश्वास व्यक्त गरे।
नेपाल प्रवेश गर्ने बित्तिकै राजद्रोहको मुद्दाका कारण मृत्युदण्ड हुन सक्ने र भारत प्रवासमा बसिरहँदा राष्ट्रियता सङ्कटमा पर्ने त्रासका बीच बिपीले गरेका ऐतिहासिक राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको विषयलाई वृत्तचित्रमा देखाइएको छ।












