नेपालको पर्यटन भनेको नेपालीपनको संस्कृति : मन्त्री किराती
संस्कृतिलाई विकाससंग जोड्न सकिएन भने आत्मनिर्भर बिनाको समृद्धि हुने उनले बताए।
काठमाडाैं, माघ २८ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आजको नेपालको पर्यटन भनेको नेपालीपनको संस्कृति भएको बताएका छन्।
न्यकू जात्रा मतयाः व्यवस्था समितिको रजत जयन्ती समारोहका अवसरमा शनिबार ललितपुरमा आयोजित कार्यक्रममा उनले प्रकृति सम्पदा र मानव सम्पदालाई मिसाएर निर्माण हुने नेपालीपनको संस्कृति नै आजको नेपालको पर्यटन भएको बताएका हुन्।
संस्कृतिलाई विकाससंग जोड्न सकिएन भने आत्मनिर्भर बिनाको समृद्धि हुने उनले बताए। उनले स्थानीय संस्कृतिलाई जोगाउँदै पर्यटन क्षेत्रलाई माथि उठाउन सके मुलुक समृद्ध हुने जिकिर गरे।
मन्त्री किराँतीले जिर्णोदारका कामलाई अघि बढाउनका लागि बाधक भएको ऐन कानूनलाई सच्चाउदै स्थानीय तवरबाटै जिर्णोदार गर्न सकिने व्यवस्थाका लागि पहल गर्ने प्रतिवद्धता जनाए।
कार्यक्रममा ललितपुर महानगरपालिकाले समितिलाई रु. ५ लाख सहयोग हस्तान्तरण गरेको थियो।











