Kathmandu Press

मुलुकमा बलियो गठबन्धन आवश्यक : नेता सिंह

सुदूरपश्चिम प्रदेशमा सरकार फेरबदलको प्रसङ्ग कोट्याउँदै नेता सिंहले अहिलेको गठबन्धन दिगो रुपमा जान नसकेको आरोप लगाए।
मुलुकमा बलियो गठबन्धन आवश्यक : नेता सिंह

दाङ, माघ २७ : नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह मुलुकमा बलियो गठबन्धन आवश्यक भएको बताएका छन्। 

नेपाल प्रेस युनियन दाङले आज (शनिबार) घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिंहले राजनीतिक स्थायित्वका लागि बलियो राजनीतिक गठबन्धनको खाँचो रहेको बताए। 'मुलुक र जनताको हितका निमित्त राजनीतिक समीकरण फेरबदल भइरहन्छन्, अब पनि आवश्यकताअनुसार राजनीतिक समीकरण बदलिनुलाई स्वाभाविक मान्नुपर्छ,' उनले भने।  

सुदूरपश्चिम प्रदेशमा सरकार फेरबदलको प्रसङ्ग कोट्याउँदै नेता सिंहले अहिलेको गठबन्धन दिगो रुपमा जान नसकेको आरोप लगाए।

संघीयतालगायत उपलब्धि कार्यान्वयनसँगै मुलुकको हितका लागि बलियो गठबन्धन आवश्यक भएको उनको भनाइ थियो।  कांग्रेस प्रमुख प्रतिपक्षी दल भए पनि सरकारका राम्रा कामलाई साथ र सहयोग गर्ने उद्देश्यअनुसार नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको बताए।

प्रकाशित मिति: १७:०३ बजे, शनिबार, माघ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्