Kathmandu Press

चिकित्सक संघले भोलि देशभरि आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहमाथि अस्पताल परिसरमै भएको हातपातको विरोधमा संघले आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेकाे हाे। 
चिकित्सक संघले भोलि देशभरि आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द गर्ने

काठमाडौं, माघ २८ : नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने भएकाे छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहमाथि अस्पताल परिसरमै भएको हातपातको विरोधमा संघले आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेकाे हाे। 

आज (शनिबार) बसेको संघको बैठकले देशभर आकस्मिकबाहेक स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको हो। बैठकपछि चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्री रिजालले विज्ञप्ति जारी गरी नेपाली नागरिकहरुकै शासनका रुपमा रहने लोकतान्त्रिक गणतन्त्रमा समेत नागरिक स्वयंलाई नै यो वा त्यो बाहानामा दुःख, सास्ती दिनु अशोभनीय भएको उल्लेख गरेका छन्।

‘लोकका लागि स्थापित गरिएको लोकतान्त्रिक गणतन्त्रमा नागरिकलाई सास्ती दिने सवारीको नाममा अस्वभाविक सुरक्षाको प्रबन्ध मिलाउने भन्दै घण्टौं जाम गरेर दैनिक जीवन यापनमा अत्यन्तै असहज परिस्थितिको सिर्जना गर्नु न्यायोचित नभएको नेपाल चिकित्सक संघको ठहर छ’ विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: १६:५१ बजे, शनिबार, माघ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्