स्वतन्त्र व्यक्तिलाई राष्ट्रपति बनाउन नहुने झलनाथकाे तर्क
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, 'स्वतन्त्र व्यक्तिले राष्ट्रपतिको गरिमालाई थाम्न सक्दैनन्।'
विराटनगर, माघ २८ : नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपतिको उम्मेदवारमा राजनीतिक व्यक्ति हुनुपर्ने बताएका छन्।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, 'स्वतन्त्र व्यक्तिले राष्ट्रपतिको गरिमालाई थाम्न सक्दैनन्।'
उनले संविधानले परिकल्पना गरेको मापदण्डमा आधारित भएर राम्रो राजनीतिक व्यक्तिलाई राष्ट्रपतिको उम्मेदवार बनाएमा सहमति कायम हुनसक्ने विचार व्यक्त गरे।
नेता खनालले राष्ट्रपति पदमा पार्टीले उम्मेदवार दिने सम्बन्धमा धेरै नसोचेको बताए। उनले वर्तमान सरकारमा नेकपा ९एस० सहभागी नहुने प्रस्ट पारे।
नेता खनालले समाजवाद पक्षधरका शक्तिबीच एकताबद्ध भएर मुलुकलाई समाजवादतर्फ लैजान मोर्चा निर्माण गरी जाने सम्बन्धमा आवश्यक छलफल भइरहेको जानकारी दिए।
प्रकाशित मिति: १४:५० बजे, शनिबार, माघ २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











