Kathmandu Press

एमालेले सुदूरपश्चिममा धक्का खायो, यो शुरुवात मात्र हो : माधव नेपाल 

अब सुदूरपश्चिममा जस्तै अरु प्रदेशमा पनि एमालेले धक्का खाने दावी समेत नेपालको छ। जनसांस्कृतिक महासंघको कार्यक्रमलाई शनिवार संवोधन गर्ने क्रममा नेपालले यस्तो भनाइ राखेका हुन्।
एमालेले सुदूरपश्चिममा धक्का खायो, यो शुरुवात मात्र हो : माधव नेपाल 

काठमाडौं, माघ २८ : नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिममा एमालेले धक्का व्यहोर्नु परेको बताएका छन्।

अब सुदूरपश्चिममा जस्तै अरु प्रदेशमा पनि एमालेले धक्का खाने दावी समेत नेपालको छ। जनसांस्कृतिक महासंघको कार्यक्रमलाई शनिवार संवोधन गर्ने क्रममा नेपालले यस्तो भनाइ राखेका हुन्।

एमाले नेतृत्वको सुदूरपश्चिम सरकार ढाल्न आफूले नै कांग्रेस लगायत राजनीतिक शक्तिसँग कुरा गरेको पनि बताए। नेकपा समाजवादी नेपालको राजनीतिको एउटा शक्ति भएको दाबी उनको थियो। 

‘सुदूरपश्चिमबाट एमालेलाई ठूलो धक्का परेको छ। यो पहिलो शुरुआत हो। हौसला बुलन्द गर्नुस्। यो पार्टीले केही गर्न सक्दैन भन्दै हाम्रो पार्टीलाई भन्नेहरुलाई जवाफ हो,’ कार्यक्रममा नेपालले भने।

उनले सुदूरपश्चिम प्रदेशमा एमालेले धक्का खाएपछि अहिले कांग्रेस र नेकपा समाजवादी मात्र सरकार रहेको समेत बताए। उनले भने, ‘राजनीतिक यथास्थितिमा छैन। सुदूरपश्चिमको सरकार ढल्यो। नयाँ सरकार बन्यो।’

नेपालले एक प्रसङ्गमा निर्वाचनको परिणाम अपेक्षा गरे अनुरुप नभए पनि ५० प्रतिशत उम्मेदवार जिताउन सकिएको भनाई पनि राखेका छन्। ‘देशको राजनीतिलाई प्रभावित पार्ने शक्ति समाजवादी पार्टीसँग रहेको छ,’ नेपालले भने। 
 
प्रकाशित मिति: १४:४० बजे, शनिबार, माघ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्