Kathmandu Press

अन्तर्घातकाे आरोप खेपिरहेकी लुम्बिनीकी मन्त्री कृष्णा केसीद्वारा राजीनामा

मन्त्रालय छनोटमा असन्तुष्टि भएको कारण बताइए पनि राजीनामा दिनुको कारण अर्के रहेको बताइएको छ। माओवादीको प्रदेश कमिटीले नै उनलाई राजीनामा दिन लगाएको बुझिएको छ।
अन्तर्घातकाे आरोप खेपिरहेकी लुम्बिनीकी मन्त्री कृष्णा केसीद्वारा राजीनामा

रुपन्देही, माघ २७ : लुम्बिनी प्रदेशका बिनाविभागीय मन्त्री कृष्णा केसीले राजीनामा दिएकी छन्। उनले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएकी हुन्। उनी बाँके १ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी हुन् ।

मन्त्रालय छनोटमा असन्तुष्टि भएको कारण बताइए पनि राजीनामा दिनुको कारण अर्के रहेको बताइएको छ। माओवादीको प्रदेश कमिटीले नै उनलाई राजीनामा दिन लगाएको बुझिएको छ।

यही माघ २५ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार कुमार दसौदीलाई मतदान नगरी कांग्रेसलाई सघाएको उजुरी परेपछि उनीमाथि पार्टीले छानबिन गरेको थियो। छानबिन गर्दा कांग्रेसका उम्मेदवारलाई भोट हालेको पाइएको बताइएको छ।

प्रकाशित मिति: १४:३० बजे, शनिबार, माघ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्