Kathmandu Press

भ्रष्टाचार नियन्त्रण गर्न राज्य संयन्त्र एकजुट हुनुपर्छ : राष्ट्रपति भण्डारी

'भ्रष्टाचार राज्यविरुद्धको अपराध हो। यसले मुलुकको समृद्धि र दिगो विकासमा बाधा पुर्‍याउने भएकाले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धनमा सम्पूर्ण राज्य संयन्त्र एवं सरोकारवाला एकजुट हुन जरुरी छ।'
भ्रष्टाचार नियन्त्रण गर्न राज्य संयन्त्र एकजुट हुनुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडाैं, माघ २८ : राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचारमुक्त समाज स्थापना र सुशासनको प्रत्याभूतिका लागि आआफ्नो क्षेत्रबाट योगदान र सक्रियता देखाउन सबैमा आह्वान गरेकी छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व, आयोग र प्रशासनिक नेतृत्वको साङ्गठनिक एवं एकताबद्ध प्रयासबाट मात्र भ्रष्टाचार नियन्त्रण गर्न सकिने उल्लेख गरिन्।

उनले भनिन्, 'भ्रष्टाचार राज्यविरुद्धको अपराध हो। यसले मुलुकको समृद्धि र दिगो विकासमा बाधा पुर्‍याउने भएकाले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धनमा सम्पूर्ण राज्य संयन्त्र एवं सरोकारवाला एकजुट हुन जरुरी छ।'

सेवा प्रवाहमा अनियमितता, राष्ट्रिय सम्पत्तिको दोहन, द्वन्द्वको सिर्जना तथा अन्तर्राष्ट्रिय सम्मानमा कुठाराघात गर्ने हुँदा भ्रष्टाचार नियन्त्रण अपरिहार्य भएको राष्ट्रपति भण्डारीको भनाइ छ।

उनले उपलब्ध स्रोतसाधनको अधिकतम परिचालन गरी सबैले नैतिकवान्, सदाचारी र इमान्दार भई काम गर्न सकेमा मात्र भ्रष्टाचार न्यूनीकरण हुने विश्वास व्यक्त गरिन्। 

प्रकाशित मिति: १४:०९ बजे, शनिबार, माघ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्