Kathmandu Press

‘पिरिम नलाउने’ गीतले १० करोड भ्युज पाएको खुसियालीमा काटियो केक

पिरिम नलाउने टिमले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा र ओएसआर डिजिटलका महाप्रबन्धक ओम अग्रवालको हातबाट केक काटेर १० करोड भ्युज पाएकोमा खुसियाली मनाएको हो।
‘पिरिम नलाउने’ गीतले १० करोड भ्युज पाएको खुसियालीमा काटियो केक

काठमाडौं, माघ २८ : गायक आशिष सचिन र गायिका मेलिना राईको स्वर रहेको ‘पिरिम नलाउने’ बोलको गीतको भिडियोले युट्युबमा १० करोड भ्युज पाएकोमा खुसियाली मनाइएको छ।

पिरिम नलाउने टिमले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा र ओएसआर डिजिटलका महाप्रबन्धक ओम अग्रवालको हातबाट केक काटेर १० करोड भ्युज पाएकोमा खुसियाली मनाएको हो।

Hardik ivf

सो अवसरमा बोल्दै वरिष्ठ संगीतकार बास्कोटाले निर्माण युनिटको खुलेर तारिफ गर्दै मनमुटुमा बस्न सफल गीत नेपाली दर्शकलाई दिनु प्रशंसाको विषय भएको बताए। उनले गायक आशिष र संगीतकार दीपक शर्माको जमेको जोडीको पनि प्रशंसा गर्न छुटाएनन्।

कार्यक्रममा बोल्दै गायक आशिषले १० करोड क्लब तथा नेपालको सबैभन्दा बढी हेरिनेमा चौथो स्थानमा आफ्नो गीत पर्दा खुसीको सीमा नरहेको बताए। उनले ‘पिरिम नलाउने’ को सफलताले अझै राम्रो गीत दिनुपर्ने जिम्मेवारी थपेको बताए।

त्यस्तै संगीतकार शर्माले आफ्नो सृजना पिरिम नलगाउने सबैको प्रिय बन्दा आफू पनि सबैको मन मनमा जोडिन पाएकोमा खुसी व्यक्त गरे। भिडियोका निर्देशक सुब्रतराज आचार्यले आफूलाई फेरि पनि यस्तै काम गर्न मन लागेको भन्दै ५ वर्षअघि भिडियो छायांकन गरिएको फर्पिङको डाँडाको नाम नै पिरिम नलाउने डाँडो राखिएको रोचक किस्सा सुनाए।

गायक हिमाल सागर, वरिष्ठ फिल्म सम्पादक नरेन्द्र खड्का लगायतको उपस्थिति रहेको कार्यक्रममा गीतसँग सम्बन्धित सबै पक्षलाई मायाको चिनो तथा सम्मान पत्र प्रदान गरिएको थियो।

ओएसआर डिजिटलबाट रिलिज गरिएको पिरिम नलाउनेमा नायिका वर्षा राउतसँगै गायक आषिशको अभिनय रहेको छ। गीतमा नरेन्द्र वियोगीको एरेन्ज, उत्सब दाहालको छायांकन, नबिन निरौलाको सम्पादन रहेको छ। जसमा गम्भिर विष्टको कोरियोग्राफी रहेको छ।

प्रकाशित मिति: १३:३३ बजे, शनिबार, माघ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्