Kathmandu Press

डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरी निलम्बित

जिल्ला प्रहरी परिसर काठमाडौं प्रहरी वृत्त जनसेवामा कार्यरत गुरुङलाई निलम्बन गरेको हाे।
डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरी निलम्बित

काठमाडौं, माघ २८ : राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरी हवलदार शम्भुजंग गुरुङ निलम्बित भएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी वृत्त जनसेवामा कार्यरत गुरुङलाई निलम्बन गरेको हाे।

शुक्रबार नेपाल चिकित्सक संघका आजीवन सदस्य एवं राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहमाथि अस्पताल परिसरभित्रै प्रहरीले लाठी चार्ज गरेकाे थियाे। डाक्टरकाे परिचयपत्र देखाउँदादेखाउँदै लाठी प्रहार हुँदा डा. सिंह गम्भीर घाइते भएका थिए।

शल्यक्रिया सम्पन्न गरी घर निस्किने क्रममा अस्पताल परिसरभित्रै प्रहरीद्वारा आक्रमण भएपछि चाैतर्फी रूपमा त्यसकाे निन्दा भएकाे थियाे।

 

प्रकाशित मिति: १३:०४ बजे, शनिबार, माघ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्