Kathmandu Press

सुरक्षा र नरेनको ‘बुलाकी’काे टिजर सार्वजनिक

लक्ष्मण सुनार निर्देशित फिल्म टोपेन्द्र विष्टले निर्माण गरेका हुन्। ‘फस्र्टलुक’ सँगै चर्चामा रहेको फिल्ममा नरेन खड्का, सुरक्षा पन्त र विराज विष्ट मुख्य भूमिकामा छन्।
सुरक्षा र नरेनको ‘बुलाकी’काे टिजर सार्वजनिक

काठमाडौं, माघ २८ : आगामी वैशाख १ गते प्रदर्शनमा आउने फिल्म ‘बुलाकी’ को टिजर सार्वजनिक भएको छ। झण्डै दुई मिनेट लामो टिजरमा कर्णालीको ग्रामीण जीवन, रितिथिति,जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोह–अबरोहलाई प्रस्तुत गरिएको छ।

लक्ष्मण सुनार निर्देशित फिल्म टोपेन्द्र विष्टले निर्माण गरेका हुन्। ‘फस्र्टलुक’ सँगै चर्चामा रहेको फिल्ममा नरेन खड्का, सुरक्षा पन्त र विराज विष्ट मुख्य भूमिकामा छन्।
 
छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व.मोति विष्टको प्रस्तुति रहेको फिल्म शिव ढकालले खिचेका हुन्। अर्जुन जिसीले सम्पादन गरेको फिल्मको स्क्रिप्ट निर्देशक स्वयम्,अभिनेता बिराज, राजबहादुर साने र निर्मल पौडेलले तयार गरेका हुन्।

Hardik ivf

डोल्पा, जाजारकोट र रुकुम पश्चिमका बिकट स्थानहरुमा खिचिएको फिल्मको बितरण त्रिनेत्रम् र एफडी गर्दैछ ।

प्रकाशित मिति: १२:१९ बजे, शनिबार, माघ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्