Kathmandu Press

रत्नमन्दिर र हिमागृह बृहत् हितमा उपयोग गर्ने तयारी : रक्षामन्त्री पोखरेल

पोखरा, पुस २४ : पोखरास्थित रत्नमन्दिर र हिमागृह बृहत् हितमा उपयोग गर्ने तयारी भइरहेको रक्षामन्त्री एवं नेपाल ट्रस्टका अध्यक्ष ईश्वर पोखरेलले बताएका छन....

रत्नमन्दिर र हिमागृह बृहत् हितमा उपयोग गर्ने तयारी : रक्षामन्त्री पोखरेल

पोखरा, पुस २४ : पोखरास्थित रत्नमन्दिर र हिमागृह बृहत् हितमा उपयोग गर्ने तयारी भइरहेको रक्षामन्त्री एवं नेपाल ट्रस्टका अध्यक्ष ईश्वर पोखरेलले बताएका छन्।

मन्त्री पोखरेलले ट्रष्टको विद्यमान नीति नियमअनुसार यसको सम्पत्ति, शिक्षा, स्वास्थ्य, पर्यटन र व्यवसाय अभिवृद्धिमा उपयोग गरिने व्यवस्था रहेकाले अन्य प्रयोजनका लागि नदिइने बताए। उनले अहिले ट्रष्टमा २१ हजार पाँच सय रोपनी जग्गा, एक अर्बभन्दा बढी र शेयरसमेत रहेको जानकारी दिए।

पोखराको रत्नमन्दिर र हिमागृह पनि ट्रष्टअन्तर्गतनै पर्छन्। उनले रत्नमन्दिर र हिमागृहलाई प्रदेश सरकारसँग समन्वय गरेर बृहत् हितमा उपयोग गरिने बताए। त्यसका लागि तयारी भइरहेको उनको भनाइ थियो।

नेकपा कास्कीद्वारा बिहीबार पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टी एकीकरणका अधिकांश काम सकिएको बताए। माघ १५ मा बस्ने पार्टीको केन्द्रीय कमिटीको बैठकले बाँकी काम टुङ्ग्याउने उनको विश्वास थियो।

 

प्रकाशित मिति: १३:४३ बजे, बिहीबार, पुस २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्