Kathmandu Press

मुख्यमन्त्री शाहले घरमै पुगेर भेटे रेशम चौधरीकाे परिवार

मुख्यमन्त्री शाहले घरमै पुगेर भेटे रेशम चौधरीकाे परिवार

धनगढी, माघ २८ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नागरिक उन्मुक्ती पार्टीका संरक्षक रेशम चौधरीकाे घर पुगेका छन। शनिबार बिहान मुख्यमन्त्री शाहले चौधरीकी आमा र  परिवारका अन्य सदस्यलाई भेट्न घरमा पुगेका हुन।

भेटमा मुुख्यमन्त्री शाहले रेशमलाई जेलमुक्त गराउन आफूले सक्दो पहल गर्ने घरपरिवारलाई आश्वासन् दिएका छन। टिकापुरको घटनाले सामाजिक सद्भावमा ठेस पुगेको उनको भनाई थियो।

शाहले मुख्यमन्त्री भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। जसका लागि २७ सांसदको समर्थन चाहिन्छ। शाहले विश्वासको मत पाउने दाबी गरेका छन्।

उनले नागरिक उन्मुक्ति, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र स्वतन्त्र एक जना सांसदको समर्थन पाउने आशा राखेका छन्।

सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका उपसभामुखबाहेक ९, नागरिक उन्मुक्तीका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र १ जना सांसद छन्।

प्रकाशित मिति: ०९:२८ बजे, शनिबार, माघ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्