प्रदेश ३ राजधानी विवाद : नेकपा संसदीय दलको बैठक सुरू
हेटौंडा, पुस २४ : प्रदेश ३ को राजधानीबारे निर्णय गर्न नेकपा संसदीय दलको बैठक बसेको छ।
प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलको निवासमा नेकपा ....

हेटौंडा, पुस २४ : प्रदेश ३ को राजधानीबारे निर्णय गर्न नेकपा संसदीय दलको बैठक बसेको छ।
प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलको निवासमा नेकपा संसदीय दलको बैठक बसेको हो। प्रदेश सभा बैठक बस्नु अघि निक्र्यौल गर्न संसदीय दलको बैठक बसेको जनाएको छ।
नेकपा शीर्ष नेतृत्वले हेटौंडालाई राजधानी तोक्न निर्देशन दिएपछि विवाद उत्पन्न भएको छ। नेकपा प्रदेश सांसद विरोधमा छन्। जसले गर्दा प्रदेश राजधानी र नामकरणमा विवाद उत्पन्न भएको छ।
नेकपा सांसदहरुले प्रदेशको राजधानी हेटौंडा पायक नहुने जिकिर गरेका छन्। उनीहरु केन्द्रले प्रदेश सभाको अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाउँदै आएका छन्।
जसले गर्दा प्रदेश सभा बैठक बस्नु अघि सहमति गर्न संसदीय दलको बैठक बसेको जनाएको छ। मुख्यमन्त्री पौडेल हेटौंडाका पक्षमा सहमति गर्ने प्रयासमा छन्।
नेकपा सचिवालयले पनि प्रदेश ३ को राजधानी हेटौंडा र नाम वागमती राख्न निर्देशन दिएको थियो।
प्रदेश सभामा ११० सांसद छन्। प्रदेश राजधानी र नामकरण दुई तिहाइले पारित गर्नुपर्छ । त्यसका लागि ७४ सांसद आवश्यक हुन्छ। नेकपाका ८० सांसद छन्।
तर, आफ्नै सांसदले भोट नहाल्ने हुन कि भन्ने नेकपामा डर छ। जसले गर्दा सहमतिको प्रयास भइरहेको जनाएको छ। सांसदहरु सहमत नभए ह्वीप जारी गर्ने नेकपाको तयारी छ।











![वर्षाले काठमाडौंको जनजीवन प्रभावित [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_07534b11-1793336095.jpg)