Kathmandu Press

टर्की भूकम्प पीडितकाे उद्धार कार्य जारी : २४ हजारकाे मृत्यु, दशाैं हजार घाइते

उद्धारकर्मीहरूका अनुसार टर्कीमा २० हजार २१३ जना तथा सिरियामा ३ हजार ५०० जनाले ज्यान गुमाएका छन्।
टर्की भूकम्प पीडितकाे उद्धार कार्य जारी : २४ हजारकाे मृत्यु, दशाैं हजार घाइते

काठमाडाैं, माघ २८ : टर्की र सिरियामा सोमबार गएकाे शक्तिशाली भूकम्पले भत्काएकाे भग्नावशेषबाट  उद्धार कार्य जारी रहेकाे छ। भूकम्पमा परी हालसम्मटर्की र सिरीयामा करिब २४ हजार भन्दा बढी मानिसकाे मृत्यु भएकाे छ भने, दशौँ हजार घाइते भएका छन्। 

उद्धारकर्मीहरूका अनुसार टर्कीमा २० हजार २१३ जना तथा सिरियामा ३ हजार ५०० जनाले ज्यान गुमाएका छन्। उद्धारकर्मीहरू भूकम्पपछि प्रतिकूल मौसममा पनि भग्नावशेषबाट जीवित उद्धार गर्न सकिने आशमा छन।

Hardik ivf

भूकम्पका कारण भत्किएका भग्नावशेषमा पुरिए रहेका ६ जना मानिसको १ सय १ घण्टापछि जीवीत उद्धार गरिएको छ । शुक्रबार अर्थात् भूकम्प गएको पाँचौं दिनमा टर्कीको दक्षिणी क्षेत्र हतायाको इस्केन्देरनस्थित भत्किएको भवनभित्रबाट एकै परिवारका ६ जनालाई उद्धार गरिएको हो । 

टर्की र सिरियाले अन्तर्राष्ट्रिय सहायताका निम्ति अपिल गरेका छन् । विश्व ब्याङ्कले एक अर्ब ७८ करोड अमेरिकी डलर राहत सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । 

टर्कीका केही प्रभावित क्षेत्रमा पानी, इन्धन र बिजुली नहुँदा अझ धेरैको ज्यान जानसक्ने चिन्ता विश्व स्वास्थ्य संगठनले व्यक्त गरेको छ । 
 

प्रकाशित मिति: ०७:१८ बजे, शनिबार, माघ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्