प्रहरीले चिकित्सक कुटेपछि वीर र ट्रमामा आन्दाेलनमा, सेवा ठप्प
राष्ट्रपतिको सवारीको समयमा डा. जनित सिंह वीरबाट ट्रमामा जाने क्रममा प्रहरीले उनलाई कुटेपछि चिकित्सकहरुले अस्पतालबाहिर सडकमा प्रहरीको ज्यादतीको विरोधमा प्रर्दशन गरेका हुन्।
काठमाडौं, माघ २७ : वीर अस्पलतामा कार्यरत चिकित्सकहरु विरोध प्रदर्शनमा उत्रिएका छन्। आफूहरूमाथि प्रहरीले कुटपिट गरेको भन्दै चिकित्सकहरूले विरोध प्रदर्शन गरेका छन्।
राष्ट्रपतिको सवारीको समयमा डा. जनित सिंह वीरबाट ट्रमामा जाने क्रममा प्रहरीले उनलाई कुटेपछि चिकित्सकहरुले अस्पतालबाहिर सडकमा प्रहरीको ज्यादतीको विरोधमा प्रर्दशन गरेका हुन्। प्रहरीका लाठीचार्जका डा. सिंहको टाउकोमा चोट लागेको छ।

ड्युटीमा रहेका बेला प्रहरीहरू आएर आफुहरुमाथि कुटपिट गरेको भन्दै उनीहरूले वीर अस्पताल र ट्रमा सेन्टरको सेवा ठप्प गरेका छन्।
वीरका चिकित्सक जाफिर आलमले अस्पतालको परिचय पत्र देखाउँदा देखाउदै प्रहरीले कुटपिट गरेको बताउँदै घटनामा संलग्नलाई कारवाही नगरेसम्म अस्पतालमा सेवा सुरु गर्न नसक्ने बताए।
चिकित्सकहरुको विरोधका कारण केहिबेर यातायात अवरुद्ध भएको थियो । घटनापछि चिकित्सकहरुले केहिबेर अस्पतालको आकस्मिक सेवा ठप्प पारेका थिए ।



-1785310167.jpg)




-1785310167.jpg)


