सत्ता गठबन्धनकै व्यक्ति राष्ट्रपति बन्ने ओलीको दाबी
शुक्रबार संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीले राष्ट्रपति को बन्छ भन्ने प्रश्नमा ओलीले हामीले जो भन्छांै त्यही हुन्छ भन्ने प्रतिक्रिया दिए।
काठमाडौं, माघ २७ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले सत्ता गठबन्धनले समर्थन गर्ने व्यक्ति राष्ट्रपति हुने दाबी गरेका छन्।
शुक्रबार संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीले राष्ट्रपति को बन्छ भन्ने प्रश्नमा ओलीले हामीले जो भन्छांै त्यही हुन्छ भन्ने प्रतिक्रिया दिए।
ओलीले सुदूरपश्चिम प्रदेश सरकारको अवस्थामा केन्द्रमा के हुन्छ हेर्न बाँकी रहेको बताए । उनले राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा गरेको सम्बोधन राम्रो भएको पनि बताए।
राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते हुँदैछ।
प्रकाशित मिति: १९:३३ बजे, शुक्रबार, माघ २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1785310167.jpg)

-1785310167.jpg)