Kathmandu Press

नवनियुक्त मुख्यमन्त्री शाहले भने– स्थिर सरकारका लागि सबैसँग छलफल गर्छु

शुक्रबार पदभार ग्रहण गरे लगत्तै मुख्यमन्त्री शाहले नयाँ सरकारलाई निरन्तरता दिन र स्थिर सरकार निर्माण गर्न सबै राजनीतिक दलसँग छलफल गर्ने बताएका हुन्।
नवनियुक्त मुख्यमन्त्री शाहले भने– स्थिर सरकारका लागि सबैसँग छलफल गर्छु

कैलाली, माघ २७ : सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले स्थिर सरकार निर्माणका लागि सबैसँग छलफल गर्ने बताएका छन्।

शुक्रबार पदभार ग्रहण गरे लगत्तै मुख्यमन्त्री शाहले नयाँ सरकारलाई निरन्तरता दिन र स्थिर सरकार निर्माण गर्न सबै राजनीतिक दलसँग छलफल गर्ने बताएका हुन्।

उनले एक महिनाभित्रमा विश्वासको मत लिनेमा ढुक्क रहेको पनि बताए। लामो राजनीतिक यात्रापछि जनताले विश्वास गरेर मुलुकको व्यवस्थाअनुसार आफू एउटा पदीय जिम्मेवारी र दायित्वमा पुगेको उनको भनाइ थियो।

‘मलाई जिम्मेवारी पनि महशुस भएको छ र चुनौती पनि छन्, ती चुनौतीसँग जुध्दै यो प्रदेशका लागि केही न केही योजना भोलिका दिनमा बनाउनेछु,’ उनले भने, १जुन प्रत्यक्षरुपमा जनताले अनुभुति गर्न सकुन ।’

मुख्यमन्त्री शाहले छिटोभन्दा छिटो विश्वासको मत लिने बताउँदै त्यसपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने उल्लेख गरे।

प्रकाशित मिति: १९:२४ बजे, शुक्रबार, माघ २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्