‘पुँजीगत खर्च कम हुँदा पुँजी निर्माण कमजोर बन्यो’
‘यसले देशको आर्थिक वृद्धिलाई तीव्रता बनाउने हाम्रो प्रयासमा तगारो सिर्जना गरेको छ’
काठमाडौं, माघ २७ : राष्ट्रपति विद्यादेवी भण्डारीले पुँजीगत तर्फ विनियोजित हुने बजेट पूर्णरुपमा खर्च नहुनु दुःखद रहेको बताएकी छन् ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै मुलुकको अर्थतन्त्र समस्याग्रस्त बन्दै गएको र त्यसमाथि पुँजीगत खर्च कम हुनाले पुँजी निमाण कमजोर बनेको बताएकी हुन् ।
पुँजीगततर्फ बजेट नै कम विनियोजन हुने र विनियोजित बजेट पनि कम खर्च हुँदा पुँजी निर्माण कमजोर बन्नेमात्र नभई यसबाट अन्य आर्थिक क्रियकलापमा पनि सुस्तता आइ सरकारी राजस्व घटेको राष्ट्रपति भण्डारीले बताइन् । ‘ यसले देशको आर्थिक वृद्धिलाई तीव्रता बनाउने हाम्रो प्रयासमा तगारो सिर्जना गरेको छ,’ उनले भनिन् ।
राष्ट्रपति भण्डारीले लक्ष्यअनुसार राजस्व नउठ्दा र वैदेशिक सहायतको परिचालन पनि न्यून हुँदा खर्च धान्नका लागि आन्तरिक ऋणमा चाप परेको बताइन् । यसको सम्बोधनका लागि सरकारलाई उचित कदम चाल्न राष्ट्रपतिले सुझाएकी छन् ।
उनले अर्थतन्त्रको वाह्य क्षेत्रमा देखापरेको चाप केही सहज भएपनि ढुक्क भइहाल्ने स्थिति नभएको बताइन्। बढ्दो व्यापार घाटा कम गर्न आन्तरिक उत्पादन र निर्यात वृद्धिको उपाय खोज्न सरकारलाई सुझाव दिएकी छन्।
‘अर्थतन्त्रको संरचना नै आयातमुखी भएकाले यसमा परिवर्तन नगरी व्यापार घाटा तत्काल घटाउन कठिन हुन्छ । यसर्थ निर्यात प्रवर्धनका लागि हालसम्म गरिएका प्रयासको गम्भीर समिक्षा गरी उत्पादन परिमाण र लागत तथा लगानी, उपभोग र गुणस्तरलाई एकीकृत रुपमा सम्बोधन गर्दै व्यापार सन्तुलन कायम गर्न सरकारका नीति तथा कार्यक्रम परिलक्षित हुनुपर्नेछ,’ उनले भनिन् ।
उनले देशको अर्थतन्त्र सुधार्न सरकाले छिटोभन्दा छिटो उत्पादन वृद्धिका लागि समन्वयात्मक रुपमा कार्यक्रम कार्यान्वयन गर्नुपर्ने बताइन् ।



-1785310167.jpg)




-1785310167.jpg)


