बैंक तथा वित्तिय संस्थाको ब्याजदरबाट उत्पन्न संकट हल गर्न राष्ट्रपतिको सुझाव

काठमाडौं, माघ २७ : राष्ट्रपति विद्यादेवी भण्डारीले बैंक तथा वित्तिय संस्थाको ब्याजदरमा भएको संकट हल गर्न सरकारलाई सुझाव दिएकी छन् ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ब्याजदरमा उत्पन्न संकट हल गर्न तत्काल कदम चाल्न आवश्यक देखिएको बताएकी हुन् ।
तरलता अभावको स्थितिमा ब्याजदर बढ्न जाँदा उत्पादन लागत पनि बढेकाले यसबाट व्यापारीलाई मात्र नभई आम उपभोक्तालाई समेत असर पारेकोले तत्काल समस्या समाधान गर्न सरकारलाई सुझाव दिएकी छन् ।
उनले पछिल्लो समय आर्थिक क्षेत्रमा देखिएको समस्याको गहन अध्ययन एवम् सम्बन्धित सबै सरोकारवालाहरुसँग छलफल र परामर्श गरी उचित निकास निकाल्नुपर्ने बताइन् ।
प्रकाशित मिति: १६:३४ बजे, शुक्रबार, माघ २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1785310167.jpg)




-1785310167.jpg)


