Kathmandu Press

सुदूरपश्चिममा देउवा र शाही मन्त्रीमा नियुक्त, शपथ पनि सम्पन्न 

भौतिक पूर्वाधारमन्त्री बनेका देउवा र आर्थिक मामिलामन्त्री बनेका शाहीले नियुक्त भएसँगै प्रदेश प्रमुखको कार्यालयमा दिउँसो आयोजना गरिएको विशेष समारोहकाबीच पद तथा गोपनीयताको शपथ लिएका छन्।
सुदूरपश्चिममा देउवा र शाही मन्त्रीमा नियुक्त, शपथ पनि सम्पन्न 

धनगढी, माघ २७ : नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका नरेशबहादुर शाही मन्त्रीमा नियुक्त भएका छन्। 

भौतिक पूर्वाधारमन्त्री बनेका देउवा र आर्थिक मामिलामन्त्री बनेका शाहीले नियुक्त भएसँगै प्रदेश प्रमुखको कार्यालयमा दिउँसो आयोजना गरिएको विशेष समारोहकाबीच पद तथा गोपनीयताको शपथ लिएका छन्।

एमालेका मुख्यमन्त्री राजन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि संवैधानिक प्रावधानअनुसार बिहीबार मुख्य दलको हैसियतमा कांग्रेसका शाह मुख्यमन्त्री कमल शाह नियुक्त भएका थिए। नवनियुक्त मुख्यमन्त्री शाहले देउवा र शाहीलाई मन्त्रीमा नियुक्त भएका हुन्। 

संविधानको धारा १६८ को उपधारा (२) अनुसार पुस २७ मा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी (नाउपा) र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका थिए।

उनले राजीनामा बुझाएलगत्तै शाहलाई प्रदेश प्रमुख जोशीले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

प्रकाशित मिति: १६:०८ बजे, शुक्रबार, माघ २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्